कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखामा वृद्धा मृत भेटिइन्

हरिराम उप्रेती

गोरखा — आरुघाट गाउँपालिका–१ श्याम्चेतकी ७० वर्षीया सनमाया लामा शंकास्पद अवस्थामा मृत भेटिएकी छन् । शनिबार घरको बलोमा नाम्लोको डोरीको पासो लगाइ झुण्डिइरहेको अवस्थामा लामा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । उनको दुवै कानको लोती च्यातिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

प्रारम्भिक अनुसन्धानमा शव शंकास्पद देखिएकाले अनुसन्धान भइरहेको उनले बताए । ‘उहाँ घरमा एक्लै बस्नुहुँदोरहेछ, छिमेकीले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गर्नुभयो,’ उनले भने, ‘कानको लोती च्यातिएको, शरीरको केहि कपडा पनि नभएको अवस्थामा मृत भेटिएपछि विस्तृत अनुसन्धान गरिरहेका छौँ ।’

इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरी टोलीले लास जाँच प्रकृति मुचुल्का तथा शव पोस्टमार्टमलगायतका प्रारम्भिक अनुसन्धान गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।


प्रकाशित : भाद्र ३१, २०८० १८:४६
प्रतिक्रिया
पठाउनुहोस्