मनास्लु आरोहणका लागि ३०१ जनाले लिए अनुमति

कान्तिपुर संवाददाता

गोरखा — मनास्लु हिमाल आरोहणका लागि ३०१ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म २६ समूहका दुई सय ३६ जना पुरुष र ६५ महिलाले मनास्लु आरोहणको अनुमति लिएका हुन् । अनुमति जारी भएका १० हिमालमध्ये सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि अनुमति लिनेहरु छन् ।

मनास्लु आरोहणका लागि ३०१ जनाले लिए अनुमति

शुक्रबारसम्म मनास्लुसहित देशभरका १० हिमाल आरोहणका लागि ३ सय ३९ जनाले अनुमति लिइसकेको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ ।

चुमनुव्री गाउँपालिका–१ सामागाउँमा रहेको मनास्लु हिमाल आरोहणका लागि शरद ऋतुलाई उपयुक्त समय मानिन्छ । आरोहण अनुमति जारी भएसँगै मनास्लु आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ ।


मनास्लु हिमालमा डोरी टांग्ने काम पनि सुरु भइसकेको छ । किलर माउन्टेनको रुपमा परिचित ८१६३ मिटर उचाइको मनास्लु हिमाल पछिल्लो समय आरोहीको रोजाइमा पर्ने गरेको छ ।

प्रकाशित : भाद्र ३१, २०८० १३:५८
प्रतिक्रिया
पठाउनुहोस्