कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कालीगण्डकीमा दुई युवा बेपत्ता 

नवीन पौडेल

नवलपुर — पूर्बी नवलपरासीमा कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा दुई जना युवा बेपत्ता भएका छन् ।

गैंडाकोट नगरपालिका-३ स्थित केलादीमा नदीमा नुहाइरहेका ३ जनामध्ये चितवन रत्ननगर नगरपालिका-२ टाडीका २४ वर्षका सुरज सुवेदी, गैंडाकोट नगरपालिका-२ का २५ वर्षका रमेश चालिसे डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले बताए ।

पौडी खेल्न सँगै गएका बागलुङ जिल्ला गलकोटका मुक्तिराम शर्मा भने सकुशल रहेको प्रहरीले जनाएको छ । बेपत्ताहरुको सशस्त्र र नेपाल प्रहरीले खोजतलास गरिरहेको छ । अत्यधिक गर्मी बढेपछि नदी तथा तलाउमा पौडी खेल्नेको संख्या बढेको छ । केही दिन अगाडि नारायणी नदीमा डुबेर एक किशोरको मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ २७, २०८० २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?