२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते

प्रतिक्षा काफले

स्याङ्जा — जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । 

जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते

पर्वतबाट सिरूबारी हुँदै स्याङ्जा आउँदै गरेको बा. १ झ.५८७८ नम्बरको गाडी बुधबार बेलुकी करिब ६ बजे अर्जुनचौपारी गाउँपालिका-३ खोले भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सख्त घाइते भएका गाडी चालक वालिङ नगरपालिका-४ एलादीका अन्दाजी ३५ वर्षीय अमृत खनालको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको डीएसपी रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार गाडीमा सवार समितिका समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएका छन् ।

अधिकारीको खुट्टा भाँचिएको छ भने पौडेलद्वय सामान्य घाइते छन् । स्करपियो सडकबाट करिब ५० मिटर तल खसेको थियो । घटनास्थलमा प्रहरी चौकी अर्जुनचौपारीबाट टोली खटिएको थियो ।

प्रकाशित : जेष्ठ २४, २०८० २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?