झिमरुक गाउँपालिका अध्यक्षका छोराले गरे कर्मचारीमाथि हातपात


प्यूठान — झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीका छोरा मिलन एमसीले सोही गाउँपालिकाका कर्मचारीमाथि हातपात गरेका छन् ।


भुक्तानीका लागि स्थानीय २ जना उपभोक्तासहित आएका अध्यक्ष महतराका छोरा मिलनले रोजगार शाखाका सहायक दिपक जीसीलगायतका व्यक्तिमाथि हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले बताए । उनका अनुसार रोजगार शाखा सहायकलगायत अन्य कर्मचारीमाथि हातपात भएको छ ।
कर्मचारीमाथि हातपात भएपछि कर्मचारीहरु प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आएको र कर्मचारीसँगै आएरका मिलनले आफूमाथि नै हातपातको प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत रिजालले जनाए ।
प्रक्रिया नपुगेको योजनालाई एमसीले जबर्जस्ती पास गराउन खाजेको र कर्मचारीले नमानेपछि हातपात गरेको कर्मचारीहरूले बताएका छन् । एमसी अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्षसमेत हुन् । उक्त घटनापछि हाल झिमरुक गाउँपालिकामा कर्मचारीहरुको आकस्मिक बैठक चलेको छ ।
प्रकाशित : जेष्ठ २४, २०८० १८:०९