१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशसभाको आइतबार बसेको बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम पढेर सुनाउनेछन् ।

गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

सरकारले यसअघि जेठ १२ गतेको प्रदेशसभाको बैठकमा विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता पेस गरेको थियो ।

१५ र १६ गते दुई दिन प्रदेशसभामा छलफल गरिएपछि पास गरिएको थियो । आइतबार प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको हो ।

प्रदेश सरकारले आगामी असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने छ ।

प्रकाशित : जेष्ठ २१, २०८० १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?