कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कावासोती नगर प्रमुखको कार्यकक्षमा ताला

नवीन पौडेल

नवलपुर — पूर्वीनवलपरासीको कावासोती नगरपालिकामा नेपाल विद्यार्थी संघले ताला लगाएको छ । जेठ ८ गतेदेखि आन्दोलनरत संघले नगरपालिकाले आफ्ना माग बेवास्ता गरेको भन्दै नगर प्रमुख विष्णुप्रसाद भुसालको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेको हो ।

कावासोती नगर प्रमुखको कार्यकक्षमा ताला

माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क हुनु पर्ने मागसहित धर्ना र अनशनमा बस्दासमेत बेवास्ता गरिएको भन्दै विद्यार्थीले तालाबन्दी गरेको नेविसंघका पूर्वकेन्द्रीय सदस्य आरसी भट्टराईले बताए । नेविसंघ कावासोती नगर समिति सभापति कुमार क्षेत्री र प्रवक्ता पवन भुर्तेलले पनि तालाबन्दीबारे विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

वार्तामार्फत उचित माग सम्बोधन गरिने नगरपालिकाले जनाएको छ । आगामी आर्थिक वर्षको बजेटमा जिल्लाको ८ वटै स्थानीय तहमा नेविसंघले विज्ञप्ति र ज्ञापनपत्र बुझाएको छ ।

प्रकाशित : जेष्ठ १९, २०८० १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?