कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लमजुङ कारागारबाट फरार दुवै जना पक्राउ

आश गुरुङ

लमजुङ — लमजुङ कारागारबाट बुधबार राति फरार भएका २ जना (१ जना कैदी र १ जना थुनुवा) लाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति साढे १ बजेतिर मुढामाथि मुढा राख्दै त्यहाँ चढेर पर्खाल नाघी फरार भएका दुवै जनालाई प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गरेको हो ।

लमजुङ कारागारबाट फरार दुवै जना पक्राउ

जबर्जस्ती करणी र डाकाचोरी मुद्दामा अदालतले कसुर ठहर गरी कारागार चलान भएका मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेका २७ वर्षीय विनोद विक र ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका गोरखाको चुमनुब्री गाउँपालिका २, घट्टेखोला घर भई हाल पोखरा महानगरपालिका १६ बस्ने ३७ वर्षीय चन्द्रमान गुरुङ फरार भएका थिए ।

फरार विकलाई बिहीबार दिउँसो २ बजेतिर बेंसीसहर नगरपालिका २, चिसापानीको जंगल र गुरुङलाई बिहीबार राति साढे ११ बजेतिर बेंसीसहर नगरपालिका १, चिप्लेटी नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीमलले बताए ।

विकलाई जिल्ला अदालत लमजुङले २०७९ चैत १ गते जबर्जस्ती करणी मुद्दामा ४ वर्ष कैद र ४ लाख जरिवाना र चोरी अभियोगमा ४५ दिन कैद र ७ हजार ५ सय जरिवाना गरी कारागार पठाएको थियो । ठगी मुद्दाका गुरुङ ३ लाख रुपैयाँ धरौटी तिर्न नसकी २०८० वैशाख ३१ गते मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

प्रकाशित : जेष्ठ १९, २०८० ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?