गर्मीले पूर्वी नवलपरासीका विद्यालय बन्द

नारायण शर्मा

पूर्वी नवलपरासी — अत्यधिक गर्मी बढेका कारण पूर्वी नवलपरासीका तीनवटा पालिकाले विद्यालय बिदा गरेका छन् । कावासोती नगरपालिकाले बिहीबारदेखि ३ दिन बिदा दिएको छ ।

गर्मीले पूर्वी नवलपरासीका विद्यालय बन्द

त्यसैगरी हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकाले बिहीबारदेखि ४ दिन बिदा दिएको घोषणा गरेका छन् ।

ती पालिकाका शिक्षा शाखा प्रमुखले एक सूचना निकालेर अत्यधिक गर्मीले जनजीवन गाह्रो भएकाले पालिकाभित्रका सबै शैक्षिक संस्था बिदा दिएको जानकारी गराएका छन् ।

गत तीन दिनयता यहाँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रहेको छ । कावासोती नगरपालिकाका शिक्षा शाखाका अधिकृत राजन पाण्डे गर्मीले विद्यालयमा पठनपाठन कार्यमा समस्या भएकाले सबै विद्यालय तीन दिन बिदा दिइएको उल्लेख छ । हुप्सेकोट र विनयी त्रिवेणीका शाखा अधिकृतले त्यस्तै सूचना जारी गरेर ४ दिन बिदा दिएको उल्लेख गरेका छन् ।

प्रकाशित : जेष्ठ १८, २०८० १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?