३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हजयात्रीलाई बिदाइ

गोरखा — साउदी अरबको मक्का र मदिना सहरमा जाने हजयात्रीलाई आइतबार बिदाइ गरिएको छ । यस जिल्लाबाट २३ तीर्थयात्री यस वर्ष हजका लागि साउदी अरब जाँदैछन् । 

हजयात्रीलाई बिदाइ

इस्लाम धर्म्शास्त्रअनुसार झण्डै डेढ महिना मक्का र मदिनामा प्रार्थना गर्ने गरी साउदी अरब जान लागेको हजयात्री रजमदिन मियाँले बताए । ‘अल्लाहको घर भनेर घुम्ने, प्रार्थना गरे पुण्य कमाइन्छ भन्ने मान्यता छ,’ उनले भने । इस्लाम धर्मालम्बीहरु बाहुल्यता रहेको क्षेत्रबाट हरेक वर्ष साउदी अरबको मक्का र मदिना प्रार्थनाका लागि जाने गरेका छन् ।

इस्लाम धर्मको पाँच आधार स्तम्भमध्ये हजयात्रा पनि महत्वपूर्ण रहेको गोरखा नगरपालिका–२ का वडाध्यक्ष रहेका रहमतुल्ला मियाँले बताए । ‘त्यहाँ जान पुग्ने खर्च भएपछि अनिवार्य जानुपर्छ भन्ने प्रचलन छ,’ उनले भने, ‘त्यहाँ पुगेर आएपछि धार्मिक क्रियाकलाप पूरा गरेको मानिन्छ, उहाँहरुलाई फर्किएपछि हाजी र हाज्जिन पनि भनिन्छ ।’

गोरखा नगरपालिकाको ताप्ले, फिनाम, गोरखा सदरमुकाम, अश्राङ, आरुघाट, घ्याल्चोक, हर्मी, पालुङटारलगायत ठाउँमा मुस्लिम समुदायको बाहुल्यता छ ।

आर्थिक स्थिति मजबुत भएकाहरु हजका लागि जाने गरेको मुस्लिम संघका अध्यक्ष जमिल मियाँले बताए । ‘विश्वभरका मान्छे एकै ठाउँमा भेला हुन्छन्, यहाँबाट गएकाहरु डेढ महिना मक्का र मदिनामा प्रार्थना गरेर फर्कन्छन्,’ उनले भने ।


प्रकाशित : जेष्ठ १४, २०८० १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?