सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रतीक्षा काफ्ले

स्याङ्जा — जिल्ला प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादी सुमन श्रेष्ठलाई १६ वर्षपछि पक्राउ गरेको छ । पर्वतको पैयु गाउँपालिका–४ का ३९ वर्षीय श्रेष्ठलाई स्याङ्जा प्रहरीले घरबाटै पक्राउ गरेको जनाएको छ ।

गोप्य सूचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठलाई सजाय भुक्तानका लागि शुक्रबार जिल्ला कारागार स्याङ्जामा राखिएको प्रहरी निरीक्षक पदमबहादुर थापाले जानकारी दिए ।

२०६४ साउन १७ गते जिल्ला अदालत स्याङ्जाले ११ महिना २३ दिन कैद सजाय र ८ हजार ५ सय जरिवाना फैसला गरेको थियो । सोही फैसलाउपर श्रेष्ठले उच्च अदालत पोखरामा जाहेरी दिए । उच्च अदालतले पनि २०६९ पुस २ गते सोही फैसलालाई सदर गरेको थियो । त्यसपछि सर्वोच्च अदालत पुगे श्रेष्ठ । सर्वोच्चले पनि २०७९ वैशाख ३ गते जिल्ला र उच्च अदालतको फैसलालाई सदर गरेको थियो । तत्‌पश्चात् श्रेष्ठ फरार थिए ।

गाउँमै लुकिछुपी बस्दै आएको सुराकीको आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताएका छन् । जेठमा मात्रै प्रहरीले विभिन्न मुद्दामा जरिवाना तोकिई फरार रहेका ९ जनालाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको जनाएको छ ।


प्रकाशित : जेष्ठ १२, २०८० १७:५०
प्रतिक्रिया
पठाउनुहोस्

हुम्लामा ढिस्कोले पुरिँदा १ जनाको मृत्यु 

जनकबहादुर शाही

हुम्ला — हुम्लाको ठेहेमा ढिस्कोले पुरिँदा १ जनाको मृत्यु भएको छ । माथिबाट आएको माटोको ढिस्कोले पुरिँदा सिमकोट-२ ठेहेका ४६ वर्षीय बखिल बोहोराको मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख डीएसपी भिमलाल भट्टराईले बताए ।

घरको जग खन्ने क्रममा घर माथिबाट आएको माटोको ढिस्कोले पुरिएर बोहोराको मृत्यु भएको हो ।

ठेहेका स्थानीय दानबहादुर बोहोराको घर निर्माणको जिम्मा लिएका बखिलको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×