पूर्वी नवलपरासीमा मिटरब्याजपीडितको उजुरी न्यून

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा मिटरब्याजीहरूलाई कारबाही गर्नका लागि उजुरी गर्ने पीडितको संख्या न्यून देखिएको छ । बिहीबारसम्म जिल्ला प्रशासन कार्यालयमा एक जना पीडितले मात्र मिटरब्याजीलाई कारबाही गरिपाऊँ भनी उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीका मुद्दा शाखाका नायव सुब्बा यादव पराजुलीले बताए ।

पूर्वी नवलपरासीमा मिटरब्याजपीडितको उजुरी न्यून

प्रशासनले मिटरब्याजमा लगाएर रकम असुली गर्ने र अनुचित लेनदेनको कागजात गराउनेविरुद्ध उजुरी गर्न सर्वसाधारणलाई आह्वान गरेको दुई साता भइसकेको छ ।

पूर्वी नवलपरासीमा राजनीतिक दलमा आबद्ध महिलाहरूले नै मिटरब्याजमा रकम लगाउने र प्रहरी प्रशासनको आडमा धम्क्याउने गरेको भन्ने गुनासो मिटरब्याजपीडितहरूले गर्दै आएका छन् । सबैभन्दा धेरै मिटरब्याजपीडितहरू कावासोती र देवचुली नगरपालिकामा रहेको बताइएको छ ।


प्रकाशित : वैशाख २८, २०८० १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?