घाँसीकुवा सडक थप १९ दिन रातको समयमा बन्द हुने

सम्झना रसाइली

तनहुँ — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड थप १९ दिनका लागि बन्द गरिने भएको छ । सडक विस्तारका लागि सडक चौडा बनाउन भित्तो काट्ने काम भइरहेकाले उक्त सडकखण्ड रातिको समयमा ४ घण्टा बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डअन्तर्गत विमलनगरदेखि घाँसीकुवा खण्डमा मर्मतका लागि चैत १२ देखि ३० गतेसम्म रातिको समयमा ४ घण्टा राजमार्ग बन्द गरिने भएको छ ।

‘पूर्वी खण्डको यस सडकखण्डमा भित्तो कटानको काम अझै बाँकी रहेको र रातिको समयमा यातायातको चाप पनि कम हुने हुँदा अत्यावश्यक बाहेक अन्य सवारी आवगमन बन्द गरी काम गर्न लागिएको हो,’ प्रजिअ गैरेले भने ।

यसअघि २ पटक समय थप गरिए पनि भित्तो कटान कार्य नसकिएकाले समय थपिएको उनले बताए । जिल्ला प्रशासन कार्यालयले पहिलो पटक फागुन १८ देखि २७ गतेसम्म र दोस्रो पटक सोही खण्ड फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ देखि बिहान ४ बजेसम्म बन्द गरी सडकको भित्तो काट्ने काम गरिने जानकारी गराएको थियो ।

उक्त समयसम्म अत्यावश्यक सवारी साधानबाहेक सवारी साधन पूर्णरूपमा बन्द गरी काम गर्ने जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित : चैत्र १२, २०७९ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्

'संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा असहमति जनाउनु शान्ति प्रक्रियाविरुद्ध'

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रियाविरुद्धको कुरा भएको बताएकी छन् ।

आइतबार संघीय संसद्‍ भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकप्रति असहमत हुनु शान्ति प्रक्रियाविरुद्धको कुरा भएको बताएकी हुन् । शान्ति प्रक्रियालाई मन नपराउने र शान्ति प्रक्रियालाई बेठिक ठान्नेहरुले यसको विरोध गरिरहेको भन्दै उनले यो विधेयक विगतमा शान्ति सम्झौता गर्नेहरु सबैको साझा विषय भएको बताइन् ।

साथै यो विषय सबै नागरिक र सबै पार्टीहरुको पनि विषय भएको उनको भनाइ थियो । ‘यो विषयलाई पूर्ण रुपमा असहमति भन्ने कुरा त शान्ति प्रक्रियाको विरुद्धको कुरा भयो । हामी शान्ति प्रक्रियाको विरुद्धमा कि समर्थनमा भन्दा त हामी शान्ति प्रक्रियाको समर्थनमा छौं । त्यसकारण गर्दा पूर्ण रुपमा शान्ति प्रक्रिया मन नपराउने, शान्ति प्रक्रियालाई बेठिक छ भन्ने, शान्ति प्रक्रिया हुनु हुन्नथ्यो भन्ने शक्ति त कुनै हुन पनि सक्ला । कसैलाई लाग्न पनि सक्ला । तर आजको दिनमा संसदभित्र आउँदा हिजो सम्झौतामा बस्ने सबै राजनीतिक दलको साझा विषय हो । त्यो मात्रै होइन कि हिजो सम्झौता गर्नेहरुको सबैको साझा विषय त हुँदै हो । सँगसँगै शान्ति प्रक्रिया हामी सबै नागरिकको भएको हुनाले सबै नागरिक र सबै पार्टीको साझा विषय हो,’ मन्त्री शर्माले भनेकी थिइन् ।

यस्तै विधेयकको सम्बन्धमा राजनीतिक दलहरुबीच सहमति जुटाउने अधिकतम कोसिस भइरहेको पनि उनले बताइन् ।

प्रकाशित : चैत्र १२, २०७९ १९:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×