गण्डकीमा माओवादी संसदीय दलको बैठक सुरू

कास्की — गण्डकी प्रदेशसभा अन्तर्गत माओवादी संसदीय दलको बैठक सुरू भएको छ । प्रदेशसभा सचिवालयस्थित संसदीय दलको हलमा बैठक सुरू भएको हो ।

बैठकमा माओेवादी संसदीय दलका नेता एंव सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरि चुमान, सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली र अन्य ५ जना सांसद सहभागी छन् ।
दलका नेता एंव मन्त्री चुमानले बैठकपछि मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा दिइने बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले नेता चुमानलाई सरकारबाट बाहिरिन बिहीबार फोनबाट निर्देशन दिएका थिए ।
गण्डकीमा माओवादी र राप्रपाको साथले एमालेको नेतृत्वमा सरकार बनेको थियो । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनको लागि ३१ सांसदको आवश्यक पर्दछ । कांग्रेसका २७ सांसद रहेको गण्डकीमा समाजवादीका १ र एमालेका २२ सांसद रहेका छन् ।
प्रकाशित : चैत्र १०, २०७९ १२:३७