कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोर्खाको हिउँपहिरोमा फसेका नवलपरासी पूर्वका २ जनाको उद्धार

नारायण शर्मा

नवलपरासी पूर्व — उत्तरी गोर्खाको हिउँपहिरोमा फसेका पूर्वी नवलपरासीका दुई जनाको सकुशल उद्धार गरिएको छ । गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जान हिँडेका पूर्वी नवलपरासी दलदले निवासी सौरभ खनाल र उनकी साथी अनिता बुधबार साँझदेखि हिउँपहिरोमा फसेका थिए ।

बिहीबार बिहान सुरक्षाकर्मीको टोलीले उनीहरुलाई चुमनुब्री गाउँपालिकाको धर्मशालाबाट उद्धार गरेको हो । उद्धारमा गएको टोलीले उनिहरुलाई आज गोर्खाको चुमनुब्री गाउँपालिकाको धर्मशाला भन्ने स्थानमा भेटिएको हो । उनीहरू समुद्री सतहबाट ५ हजार १ सय मिटरको उचाइमा भेटिएका थिए ।

उनीहरूलाई अहिले ५ सय मिटर तलसम्म बोकेर झारिएको हो । उनीहरूलाई त्यहाँबाट हेलिकप्टरबाट उद्धार गरिने गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । बाटो अप्ठेरो भएको र चिसोले कठ्यांग्रिएका कारण उनीहरू आफै तल झर्न नसक्ने अवस्थामा भएकाले हेलिकप्टर पठाउन लागेको उनले बताए ।

प्रकाशित : चैत्र ९, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार रकम घोषणा गरेर दिन ढिलसुस्ती गर्ने सरकारी नियतलाई के भन्नुहुन्छ ?