१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

लघुवित्तको ८ करोड रुपैयाँ अपचलन गरेको आरोपमा एक पक्राउ

कृष्ण थापा

नुवाकोट — तादी गाउँपालिकाका एक वित्तीय संस्थाको पैसा अपचलन गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

तादी गाउँपालिका–३ मा रहेको आरम्भ चौतरी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खरानीटार नुवाकोट शाखाका तत्कालीन शाखा प्रबन्धक विवश पाण्डे संस्थाको पैसा हिनामिना गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

उक्त संस्थामा आबद्ध सदस्यहरूको विभिन्न मितिमा किर्ते कागजात बनाई अनधिकृत रुपमा पैसा निकालेको भन्ने उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका पाण्डेमाथि ८ करोड २२ लाख ६५ हजार ५ सय ९७ रुपैयाँ ४० पैसा अपचलन गरेको आरोपमा छ । उनीमाथि बैकिङ कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित : चैत्र ९, २०७९ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?