१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मध्यबिन्दु क्याम्पसमा अखिलका बागी उम्मेदवार विजयी

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा सबैभन्दा धेरै विद्यार्थी रहेको मध्यबिन्दु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुका बागी उम्मेदवार केशव भुसाल सभापतिमा विजयी भएका छन् ।  

मध्यबिन्दु क्याम्पसमा अखिलका बागी उम्मेदवार विजयी

त्यहाँ अरु बहुमत पदमा अनेरास्ववियु निर्वाचित भएको छ । अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य भुसाल त्यसै क्याम्पसमा स्नाताकोत्तर तहमा अध्ययनरत विद्यार्थी हुन् । एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तिलक महतले कलेजमा पढ्न छाडिसकेका दशरथ सुवेदीलाई भर्ना गराएर स्ववियु सभापतिको टिकट दिएपछि असन्तुष्ट एमालेले भुसाललाई स्वतन्त्रबाट सभापतिमा उम्मेदवार बनाएका थिए ।

भुसालले २ सय ६४ मत ल्याउँदा दशरथले १ सय २३ मत पाएका थिए । नेपाली कांग्रेसनिकट नेविसंघका खिमलाल कंडेलले भने २ सय १६ मत ल्याएका थिए ।

प्रकाशित : चैत्र ६, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?