म्याग्दीको मंगला क्याम्पसमा अनेरास्ववियु विजयी- गण्डकी - कान्तिपुर समाचार

म्याग्दीको मंगला क्याम्पसमा अनेरास्ववियु विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — म्याग्दीको मंगला गाउँपालिकास्थित मंगला शिक्षा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको भिममाया रोका नेतृत्वको प्यानल विजयी भएको छ । रोकाले एक सय ३० मत पाइन् भने सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रका विद्यार्थी संगठनको गठबन्धनबाट उम्मेदवार रहेका नेपाल विद्यार्थी संघका गौरव आचार्यले १५ मत प्राप्त गरे । 

त्यस्तै सचिवमा अनेरास्ववियुका रिवन शाहीले एक सय ३०, कोषाध्यक्ष तारा राना मगरले एक सय २६ मत पाएर निर्वाचित भएको मंगला शिक्षा क्याम्पस निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सचिवमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)की पस्मिता रोकाले १३ र नेविसंघका प्रविना क्षत्रीले १७ मत प्राप्त गरिन् ।

त्यस्तै, क्याम्पस निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदस्यहरुमा अनेरास्ववियुका मेघबहादुर घर्तीले (१३२), विन्दा रोका (१३५), सजिना सुवेदी (१३५), किशोरी फगामी (१३४), युमायाँ दर्जी (१३२) पाएर विजयी भएका छन् ।

क्याम्पसमा २ सय १२ मतदाता रहेकोमा जम्मा एक सय ४३ मत खसेको थियो । स्ववियु निर्वाचनमा नेकपा निकट अनेरास्ववियू क्रान्तिकारीले बहिस्कार गरेको थियो । स्ववियु निर्वाचनमा समानुपातिकतर्फ नेविसंघले १२ मत प्राप्त गरेको छ । समानुपातिक मतअनुसार १५ सदस्यीय मंगला शिक्षा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघबाट एक जना सदस्य प्रतिनिधित्व हुनेछ ।

प्रकाशित : चैत्र ५, २०७९ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्

चैत १२ गतेसम्म स्ववियु निर्वाचन सक्न उपकुलपतिको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयले आइतबार स्ववियु निर्वाचन हुन नसकेको क्याम्पसहरुमा चैत १२ गतेअगावै निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको छ ।

उपकुलपति धर्मकान्त बाँस्कोटाले विज्ञप्ति जारी गरेर स्ववियु चयन गर्न सफल क्याम्पसलगायत, पदाधिकारी, प्राध्यापक, विद्यार्थीलाई धन्यवाद दिएका छन् । १२ गतेदेखि परीक्षा संचालन गर्ने कार्यतालिका रहेकोले त्यसअघि नै स्ववियु गठन गर्न आग्रह गरेका हुन् ।

काठमाडौंका ७ सहित देशभरका केही ठूला क्याम्पसमा आइतबार स्ववियु निर्वाचन हुन सकेको छैन । ‘स्ववियुलाई हारजित नसम्झी, आपसी समझदारी गरी विद्यार्थीको हकहितलाई केन्द्रमा राखेर निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । निर्वाचन निर्देशिकामा वैशाख ५ गतेसम्म निर्वाचन गराउन सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित : चैत्र ५, २०७९ २१:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×