लमजुङ क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी- गण्डकी - कान्तिपुर समाचार

लमजुङ क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

आश गुरुङ

लमजुङ — लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । कूल ४ सय ८४ मत खसेकोमा आइतबार साँझको मतपरिणामअनुसार अनेरास्ववियुका वीरेन्द्र जिसी २ सय ६४ मत ल्याएर स्ववियु सभापतिमा निर्वाचित भएका हुन् ।

प्रतिद्वन्द्वी कांग्रेसनिकट नेविसंघका पारस अवस्थीले २ सय १८ मत ल्याए ।

सचिवमा अनेरास्ववियुका विराज सुवेदीले २ सय ६३ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिद्वन्द्वी नेविसंघका जगतबहादुर बोहराले २ सय ११ मत ल्याए । प्रतिद्वन्द्वी अनेरास्ववियु (क्रान्तिकारी)का विवेक भट्टले ९ मत ल्याए । कोषाध्यक्षमा अनेरास्ववियुका गौरव जोशी २ सय ७१ मत ल्याएर विजयी भए । नेविसंघका अमृत सुनार २ सय ११ मत ल्याएर पराजित भए ।

खुला सदस्यहरुमा अनेरास्ववियुका चेतना राना, रसिक खनाल, विराज खड्का, धनकुमारी गुरुङ र विनिता कार्की निर्वाचित भए । समानुपातिकतर्फ सदस्यमा अनेरास्ववियुकै अर्जुन ढकाल, अनिषा कार्की, कृति खरेल, कल्पना पौडेल, सोलिना कार्की डोली, अनुपा शर्मा र पूर्णबहादुर बुढाथोकी निर्वाचित भए ।

प्रकाशित : चैत्र ५, २०७९ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्

रूकुमेली क्याम्पसमा नेविसंघ विजयी 

महेश केसी

रूकुम पश्चिम — रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा रहेको रुकुमेली क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघका अनिशेष केसी नेतृत्वको प्यानल विजयी भएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको यस क्याम्पसमा कुल २ सय ४० मतदातामध्ये १ सय ७२ मत खसेको थियो । यसमध्ये केसी ६५ मत ल्याएर बिजयी हुँदा निकटतम् प्रतिद्वन्द्वीका रूपमा रहेका अनेरास्ववियूकी भावना शर्माले ४४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

सचिवमा नेविसंघका सन्तोष खड्का, कोषाध्यक्षमा नेविसंघकै शिव खड्का विजयी भएका छन् । साथै सदस्यहरूमा नेविसंघका ३ र अखिल (क्रान्तिकारी)का २ जना विजयी भएका छन् ।


प्रकाशित : चैत्र ५, २०७९ २०:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×