मातृभूमि बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्ववियु निर्वाचन

मातृभूमि बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी

आश गुरुङ

लमजुङ — लमजुङको सुन्दरबजारमा रहेको मातृभूमि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेपाली कांग्रेस निकट नेविसंघको प्यानलै विजयी भएको छ ।

आइतबार साँझ सम्पन्न स्ववियु निर्वाचनको मतपरिणाम अनुसार सभापतिमा नेविसंघका विशाल थापा ७१ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी अनेरास्ववियुका शंकर बसौलाले ४७ मत ल्याए ।

सचिवमा नेविसंघका अभिषेक पौडेल ६९ मत ल्याएर विजयी भए । अनेरास्ववियुका रोशन परियार ४९ मत ल्याएर पराजित भए । कोषाध्यक्षमा नेविसंघका ज्योति सार्की ६७ मत ल्याएर निर्वाचित भएका छन् । अनेरास्ववियुका सगुन अधिकारीले भने ४९ मत ल्याए ।

कूल १ सय १९ मत खसेकोमा नेविसंघबाट सदस्यमा किरण श्रेष्ठ, तीर्थराज थापा, मनिषा थापा विजयी भएका छन् । समानुपातिकतर्फ सदस्यहरुमा हसना मियाँ, सुस्मिता सापकोटा, बन्दना वस्ती, सविना तामाङ, मनिष पौडेल र विज्ञान कोइराला निर्वाचित भएका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्

आँबुखैरेनी क्याम्पसमा क्रान्तिकारी–नेविसंघ प्यानल विजयी

सम्झना रसाइली

तनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल विजयी भएको छ ।

आइतबार सम्पन्न स्ववियु निर्वाचनमा २६७ मतमध्ये १९३ मत खसेको थियो । स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) का निशान मगर ११६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका कृशल कँडेलले ७२ मत प्राप्त गरे ।

यस्तै, सचिवमा नेविसंघका बोनिस अधिकारीले ७२ मत र उनका प्रतिस्पर्धी अनेरास्ववियुकी सविता श्रेष्ठले ६१ मत प्राप्त गरिन् ।

कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) का श्वेता थापा १०८ मत र प्रतिस्पर्धी अनेरास्ववियुका उज्ज्वल थापाले ६६ मत प्राप्त गरे । सदस्यहरुमा अखिल (क्रान्तिकारी) की अस्मिता श्रेष्ठले १०२, अर्पण देवकोटाले १०७ र रविन कामी १०९ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ १९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×