

तनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल विजयी भएको छ ।

आइतबार सम्पन्न स्ववियु निर्वाचनमा २६७ मतमध्ये १९३ मत खसेको थियो । स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) का निशान मगर ११६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका कृशल कँडेलले ७२ मत प्राप्त गरे ।
यस्तै, सचिवमा नेविसंघका बोनिस अधिकारीले ७२ मत र उनका प्रतिस्पर्धी अनेरास्ववियुकी सविता श्रेष्ठले ६१ मत प्राप्त गरिन् ।
कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) का श्वेता थापा १०८ मत र प्रतिस्पर्धी अनेरास्ववियुका उज्ज्वल थापाले ६६ मत प्राप्त गरे । सदस्यहरुमा अखिल (क्रान्तिकारी) की अस्मिता श्रेष्ठले १०२, अर्पण देवकोटाले १०७ र रविन कामी १०९ मत प्राप्त गरी विजयी भएका छन् ।
प्रकाशित : चैत्र ५, २०७९ १९:४२