सहिदकृष्ण क्याम्पसमा नेविसंघको प्यानल विजयी- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहिदकृष्ण क्याम्पसमा नेविसंघको प्यानल विजयी

सम्झना रसाइली

तनहुँ — जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ स्थित सहिदकृष्ण क्याम्पसमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल विजयी भएको छ । आइतबार सम्पन्न स्ववियु निर्वाचनमा यस क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी भएको हो । 

निर्वाचनमा ४० मतमध्ये ३७ मत खसेको थियो । सभापतिमा विष्णुबहादुर अधिकारीले २७ मत र प्रतिस्पर्धी अनेरास्ववियुका मनोज बानियाँले १० मत प्राप्त गरे । सचिवमा नेविसंघकै शालिग्राम पोख्रेलले २७ मत र उनका प्रतिस्पर्धी अनेरास्ववियुका ओमबहादुर महतले १० मत प्राप्त गरे ।

सदस्यहरुमा विना विक ३०, थमनबहादुर भुजेल ३०, दिपिका काफ्ले ३१ र प्रमिला पौडेल ३१ मत प्राप्त गरी विजयी भएका छन् । कोषाध्यक्षमा भने अखिल (क्रान्तिकारी)की सुष्मा माकिम यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छन् ।

प्रकाशित : चैत्र ५, २०७९ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्

यौन दुर्व्यवहार आरोपमा एक पक्राउ

दीपक परियार

पोखरा — आफ्नै बहिनी (फुपूको छोरी) लाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक बालक आइतबार पक्राउ परेका छन् । १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुरुपयोग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप भइ बालकलाई बाल निगरानी कक्षमा राखिएको छ ।

बालिकाले आफूमाथि मामाको छोराबाट यौन दुर्व्यवहार भएको भन्दै दुई दिनअघि टिकटकमार्फत घटना सार्वजनिक गरेकी थिइन् । पारिवारिक समस्यापछि आफू डिप्रेसनमा जाँदा चिकित्सकले केही दिन शान्त ठाउँमा बस्न सुझाव दिएको उनले उल्लेख गरेकी छन् ।

त्यस क्रममा आफू मामाको घरमा गएर बस्दा मामाको छोराले पटकपटक यौन दुर्व्यवहार गरेको उनको आरोप छ । उक्त कुरा मामा-माइजुलाई भन्दा उल्टै आफ्नै आमालाई गाली गरेको र मामाको छोराले आफूलाई ज्यान मार्ने धम्कीसमेत दिएको उनले बताएकी छन् । त्यसैकारण आफूले नाडी काटेको र आत्महत्याको सोचसमेत आएको भन्दै उनले टिकटकमार्फत सहयोगको याचना गरेकी थिइन् ।

सामाजिक सञ्जालमा उनलाई न्याय दिनुपर्ने आवाज उठेपछि प्रहरीले खोजी गरेको थियो । बालिका र उनको अभिभावकसँग प्रहरीले सम्पर्क गरेपछि जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । अदालतबाट म्याद थप भइ अनुसन्धान कार्य अगाडि बढाएको उनले सुनाए ।

प्रकाशित : चैत्र ५, २०७९ १८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×