आदिकवि भानुभक्त क्याम्पसको स्ववियु निर्वाचन स्थगित- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आदिकवि भानुभक्त क्याम्पसको स्ववियु निर्वाचन स्थगित

सम्झना रसाइली

तनहुँ — तनहुँको व्यास नगरपालिका-१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पसले शुक्रबार सूचना जारी गरेर अर्को सूचना नआएसम्मका लागि निर्वाचन स्थगित गरिएको जनाएको छ ।

चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएकाले उक्त दिन अध्ययन अध्यापन कार्य यथावत नियमित रुपमा संचालन हुने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिएका छन् ।

स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संगठनहरूबीच विवाद भएपछि निर्वाचन स्थगित गरिएको क्याम्पसले जनाएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा विवाद भएपछि गत आइतबार विद्यार्थीहरूले क्याम्पस र निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका थिए ।

स्ववियु सभापतिका उम्मेदवार गौरव पन्थ र सुनिल मिश्रउपर दाबी विरोधमा क्याम्पसको तर्फबाट कुनै सुनुवाइ नभएको भन्दै नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले दुवै जनाविरुद्ध उजुरी दिएका थिए ।

प्रकाशित : चैत्र ३, २०७९ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेससँग ०८४ सालमा होइन, अहिल्यै प्रतिपक्षमा भेट भएको छ : ओली

'डेमोक्रेटिक सिस्टममा हारजित हुनु त स्वाभाविक हो । यो डेमोक्रेटिक सिस्टमभन्दा पनि साँठगाँठे सिस्टम भयो'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनमा गडबडी हुनसक्ने बताएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूको प्रश्नमा अध्यक्ष ओलीले कांग्रेसका केही नेताको भनाइका कारण गडबडीको अनुमान गर्न सकिने बताएका हुन् । 

कांग्रेस महामन्त्री गगन थापाले एमालेसँग तत्काल सरकारमा सहकार्य नहुने बताएका थिए । राष्ट्रपति निर्वाचनका दिन एमाले अध्यक्ष ओलीले कांग्रेससँग कहिल्यै नमिल्ने कसम नखाएको बताएका थिए । त्यसैको जवाफमा कांग्रेस महामन्त्री थापाले एमालेसँग तत्काल सहकार्य सम्भव नभएको बताएका थिए । उनले २०८४ सालमा प्रतिपक्षी नेताका रूपमा ओलीलाई भेट्ने बताएका थिए । उनले भनेका थिए, '२०८४ मा त्यो सम्भावना हुन सक्छ । हामी बालकोट आउँछौं । प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटघाट गर्छौं ।'

त्यसैको प्रतिउत्तरमा एमाले अध्यक्ष ओलीले शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि भने, 'मैले अस्ति सरकारमा कांग्रेससँग सहकार्य कहिल्यै हुँदैन भन्ने कसम खाएको छैन भनेको थिएँ । एकजना चर्का कांग्रेसीले ०८४ सालपछि प्रतिपक्षमा एमालेसँग भेट हुन्छ भन्नु भएको रहेछ । प्रतिपक्षमा भेट्न ०८४ सालमा पर्खुनुपर्दैन अहिल्यै भेट्नु भएको छैन । यो कुराले उहाँहरूभित्र निकै गडबडी देखिन्छ । किन त्यस्तो कुरा बोल्नुपर्‍यो भन्दा त्यहाँ केही गडबडी छ कि !'

सरकार बनाउने तपाईंहरूको कुनै अर्को तयारी छ कि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'सबै कुरा तपाईंहरूलाई भनेँ भने तयारी के भयो र ? डेमोक्रेटिक सिस्टममा हारजित हुनु त स्वाभाविक हो । यो डेमोक्रेटिक सिस्टमभन्दा पनि साँठगाँठे सिस्टम भयो । कसले जित्यो हार्‍यो भन्ने कसको शक्ति कति भन्ने नै भएन । जनमत पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार उठाएको छ । यसलाई के भन्ने ।'

प्रकाशित : चैत्र ३, २०७९ १५:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×