राजमो बागलुङको अध्यक्षमा ढुंगाना

प्रकाश बराल

बागलुङ — राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्षमा राजेन्द्र ढुंगाना चयन भएका छन् । तीन दिनसम्म चलेको राजमोको सातौं जिल्ला सम्मेलनले ढुंगानालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अधिवेशनले खिमबिक्रम शाहीलाई उपाध्यक्षमा चयन गरेको छ । सचिवमा भीमलाल पोखरेल, सहसचिवमा शान्तकला शर्मा र कोषाध्यक्षमा दिपक थापा चयन भएका छन् ।

राजमो बागलुङको अध्यक्षमा ढुंगाना

संघीयताविरोधी अभियानमा लागेको राजमो नेकपा मसालको चुनावी मोर्चा हो । दुई पार्टी एक नीति चलाएको राजमोमा पछिल्लो समय टुटफुटको राजनीति मौलाएको थियो ।

अधिवेशनले ३५ सदस्य रहेको जिल्ला कार्यसमिति पनि चयन गरेको छ । त्यसबाहेक ११ सदस्य रहेको वैकल्पिक सदस्य तथा ११ सदस्य सल्लाहकार समिति पनि टुंगो लगाइएको छ ।

यसअघि अध्यक्ष रहेका अमर थापा तीन कार्यकाल भैसकेकोले यो पटक अगाडि बढेनन् । थापासहित ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको जिल्ला सदस्य थानेश्वर सुवेदीले जानकारी दिए ।

गत स्थानीय निर्वाचन र संघीय तथा प्रदेशसभा निर्वाचनमा कांग्रेससँगको सहकार्य गरेकोमा राजमोमा अन्तरसंघर्ष चलेको छ । वामपन्थी एकताको पक्षमा लाग्नेलाई रोकेर केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनमा कांग्रेससँग सहकार्य गराएका थिए ।

प्रकाशित : फाल्गुन २१, २०७९ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?