कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेवातालमा डुंगा बेपत्ता 

अनिश भट्टराई

गण्डकी — फेवातालमा एउटा डुंगा डुबेर बेपत्ता भएको छ । वडा प्रहरी कार्यालय, बैदामका प्रहरी नायब उपरीक्षक वेद जोशीले डुंगा बेपत्ता भएको बताए । 

फेवातालमा डुंगा बेपत्ता 

डुंगामा कति जना सवार थिए भन्ने खुलिसकेको छैन । यसअघि पनि हावाहुरीका कारण डुंगा खसेको थियो । चार जनालाई त्यस डुंगाबाट सकुशल उद्धार गरिसकिएको छ ।

अहिले फेवामा सशस्त्र, नेपाल प्रहरी र डुंगा व्यवसायीहरु खोजीमा लागेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : फाल्गुन २०, २०७९ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?