कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गोरखामा एक महिला मृत भेटिइन्

हरिराम उप्रेती

गोरखा — गोरखा नगरपालिका–१२ रत्नेटारकी ३० वर्षीया विमला कुमाल मृत अवस्थामा भेटिएकी छन् । घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको केराबारीको झ्याङ नजिकै कुमाल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए ।

मंगलबार बिहान करिब ४ बजे घरबाट निस्किएकी उनी मध्याह्न १२ बजे मृत अवस्थामा भेटिएको डीएसपी लामिछानेले जानकारी दिए ।

यद्यपि मृतकको शरीरमा कुनै चोट नदेखिएका कारण शंकास्पद भएको भन्दै प्रहरीले यस घटनाको छानबिन गरिरहेको जनाएको छ । ‘शरीरमा चोटपटक देखिएको छैन, घटनाको थप अनुसन्धान भइरहेको छ,’ डीएसपी लामिछानेले भने । महिलाको शव पोष्टमार्टमका लागि अहिले गोरखा अस्पताल ल्याइएको छ ।

प्रकाशित : माघ २४, २०७९ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?