गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फागुनमा- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फागुनमा

कान्तिपुर संवाददाता

कास्की — गण्डकी प्रदेश सरकार स्थापना दिवस २०७९ को अवसरमा पोखरामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद् परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । उक्त प्रतियोगिता यही फागुन १ देखि ३ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ ।

प्रदेश खेलकुद परिषद्को शुक्रबार सम्पन्न कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको परिषद्का सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए । नेपालको राष्ट्रिय खेल भलिबल भएका कारण प्रदेश स्थापना दिवसमा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको पौडेलले बताए । ‘यो प्रतियोगिताले खेलाडी उत्पादनसँगै प्रदेशका उत्कृष्ट खेलाडीहरुको छनौट गर्न सहयोग पुग्नेछ‚’ उनले भने ।

प्रतियोगिताको तयारीका लागि बैठकले परिषद्का सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिमा प्रदेश खेलकुदका सदस्य विष्णुमाया गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नवीन गुरुङ र महासचिव तहल सिंह थापा मगर रहेका छन् ।

प्रतियोगिताबारे जानकारी दिँदै संयोजक क्षेत्रीले गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महिला तथा पुरुष खेलाडीको सहभागिता रहने बताए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने महिला तथा पुरुष टिमलाई क्रमशः नगद एक लाख ५० हजार, १ लाख र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए । यसैगरी प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही नगद २०–२० हजार तथा विद्यागत रुपमा महिला तथा पुरुष खेलाडी ५–५ जनाले जनही नगद १०–१० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित : माघ २१, २०७९ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीलाई संसारकै महत्त्वपूर्ण पर्यटकीय स्थल बनाउन सकिन्छ : अर्थमन्त्री पौडेल

कान्तिपुर संवाददाता

भैरहवा — ‘मेरो मृत्युपछि लुम्बिनी जानु’ भन्ने गौतम वुद्धको सन्देश संसारभरका वौद्ध धर्मालम्बीहरुसमक्ष पुर्‍याउनु पर्ने उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । लुम्बिनीको महत्त्व र अपार सम्भावना रहँदा रहँदै पनि राष्ट्रले विविध कारणले त्यसको उपयोग गर्न नसकेको उनको भनाइ थियो ।


कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार भैरहवामा आयोजित लुम्बिनीको सामर्थ्य विषयक कार्यक्रममा मुख्य वक्ताको रुपमा मन्तव्य दिँदै पौडेलले यस्तो बताएका हुन् । ‘लुम्बिनी असीमित सम्भावनाको क्षेत्र हो । आज हामीले जति देखेका छौं र देख्न सक्छौं यसको उपदेयता त्यो भन्दा व्यापाक छ,’ उनले भने, ‘लुम्बिनीको सम्भावना प्राप्तिमा राज्यले कुनै पनि कसुर बाँकी राख्नु हुँदैन ।’

लुम्बिनीको विकाससँगै व्यापक रुपमा प्रचारप्रसार गरेर विश्वभर फैलाउनु पर्ने उनको भनाइ थियो । लुम्बिनीको व्यापक प्रचारप्रसार गरेर विश्वभरमै महत्त्वपूर्ण र लोकप्रिय पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्ने अर्थमन्त्री पौडेलले बताए । मुलुकको समग्र विकासमा पनि लुम्बिनीले महत्त्वपूर्ण योगदान दिन सक्ने पौडेलको भनाइ थियो ।


प्रकाशित : माघ २१, २०७९ ११:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×