एकैथलोमा ४ सय ६५ गिद्ध- गण्डकी - कान्तिपुर समाचार

एकैथलोमा ४ सय ६५ गिद्ध

नारायण शर्मा

पूर्वी नवलपरासी — प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध छोड्ने ठाउँ हो जटायू रेस्टुरेन्ट । कावासोती नगरपालिका–७ स्थित नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र १९ वर्षदेखि स्थानीय प्रयासमा संचालित जटायू रेस्टुरेन्ट संचालनमा छ । यहाँ मरेका चौपाया ल्याएर गिद्धको आहाराका लागि छोडिन्छ । जुन रेस्टुरेन्टमा बुधबार एकैपटक ४ सय ६५ वटा गिद्ध फेला परे ।

नेपालमा पाइने सबै प्रजातिका गिद्धको झुण्ड यहाँ एउटै थलोमा देखिएको हो । नेपालमा ९ प्रजातिका गिद्ध पाइन्छ । बुधबार जटायूमा ८ प्रजातिका गिद्ध एकैपटक देखिएका हुन् ।

जटायू रेस्टुरेन्टका परिकल्पनाकार तथा संरक्षणकर्मी डीबी चौधरीका अनुसार प्रजनन केन्द्रबाट हुर्काइएका गिद्ध पनि जटायू रेस्टुरेन्ट वरपर बढी चर्छन् । २०६५ मा संसारमै पहिलो पटक सामुदायिक जटायू रेस्टुरेन्ट नेपालमा स्थापना गरिएको हो । यसले पर्यटकीय आकर्षणसमेत बढाएको छ ।

नेपालमा हाडफोर, सुन गिद्ध, डंगर, राजगिद्ध, लामो ठोंडे, खैरो ठोंडे, सानो खैरो, सेतो गिद्ध र हिमाली गिद्ध पाइन्छन् । सांसरभर २३ प्रजातिका गिद्ध पाइन्छ । दक्षिण एसियामा पाइने सबै ९ प्रजातिका गिद्ध नेपालमा पाइन्छ । कावासोती क्षेत्रमा ८ प्रजातिका गिद्ध पाइन्छ ।


पर्यावरण सफा गर्न गिद्धको ठूलो भूमिका छ । गिद्धलाई प्रकृतिको कूचिकार मानिन्छ । फोहोर सिनो खाएर वातावरण सफा गर्न सघाउँछ । सौराहाको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध यहाँ ल्याएर छोडिन्छ । अग्ला सिमलको रुख गिद्धको बासस्थान हो । नवलपरासी नजिकको निकुन्ज र आसपासको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा प्रशस्तै सिमलको रुख भएका कारण यहाँ गिद्धको बासस्थान बाक्लो रहेको संरक्षणकर्मी डीबी चौधरी बताउँछन् । गिद्ध हेर्न आउने पर्यटकका कारण यहाँ जीविकोपार्जनमा सहयोग पुगेको छ । नेपालमा यस्तै जटायू रेस्टुरेन्ट ६ ठाउँमा छन् । कोसी, पोखरा, लुम्बिनी, दाङको दुई स्थानमा र कैलालीमा जटायू रेस्टुरेन्ट संचालनमा छ ।

गिद्धको संख्या बढ्दै गएपछि यहाँ प्रकृतिप्रेमी पर्यटक समेत बढ्दै गएको छ । नारायणी नदी किनारका होटलमा आउने विदेशी पर्यटक यो गिद्ध रेस्टुरेन्ट र गिद्धको झुण्ड हेर्न आउने गर्छन् ।

गाउँघरमा विषाक्त औषधिको आहार खाएका चौपाया खाएका कारण गिद्धको मृत्युदर बढेर लोपोन्मुख अवस्थामा पुगेको बेला यहाँ विभिन्न दातृ निकायको आर्थिक सहयोगमा स्थानीयले गिद्ध जोगाउन जटायू रेस्टुरेन्ट स्थापना गरेपछि गिद्धको संख्या उल्लेख्य रुपमा बढेको संरक्षणकर्मी डीबी चौधरीको भनाइ छ । गत १९ वर्षको अवधिमा यहाँ गिद्धको संख्या १० गुणा बढेको छ ।

प्रकाशित : माघ २०, २०७९ २२:५४
प्रतिक्रिया
पठाउनुहोस्

साफमा पहिलो खेलमा पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली यू–२० महिला टिमले शनिबार साफ यू–२० महिला च्याम्पियनसिपमा आयोजक बंगलादेशसँग ३–१ को हार बेहोरेको छ । ढाकास्थित बीएसएसएस मोस्तफा कमल स्टेडियममा शुक्रबार पहिलो दिन नेपाली टिम प्रीति राईको कप्तानीमा उत्रेको थियो । दुई गोलले पछि परेको स्थितिमा नेपालका लागि एकमात्र गोल मनमाया दमाईले २४ औं मिनेटमा गरेकी थिइन् ।

बंगलादेशबाट अक्लिमा खातुन, सम्सानुहर र साहिदा अख्तरले गोल गरे ।

प्रतियोगितामा नेपाल र बंगलादेशसहित चार टिमको सहभागिता छ । डिफेन्डिङ च्याम्पियन भारतले उद्घाटन खेलमा भुटानलाई १२–० ले हराएको थियो । भुटानविरुद्ध भारतबाट नेहा, अनिता र लिन्डाले ह्याट्रिक गरेका थिए ।

साबिक उपविजेता नेपालले आइतबार भुटानसँग खेल्नेछ । अर्को खेलमा बंगलादेश र भारतको प्रतिस्पर्धा हुनेछ । राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।


प्रकाशित : माघ २०, २०७९ २२:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×