हिनाङ पुङ्जे गुम्बा पुनर्निर्माण गर्न प्रधानमन्त्रीसँग बजेट माग- गण्डकी - कान्तिपुर समाचार

हिनाङ पुङ्जे गुम्बा पुनर्निर्माण गर्न प्रधानमन्त्रीसँग बजेट माग

हरिराम उप्रेती

गोरखा — चुमनुव्री गाउँपालिका–२  ल्हो को हिनाङ पुङ्जे गुम्बा पुनर्निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष गाउँपालिकाले माग गरेको छ । 

माघ १० गते आगलागीले करिब दुई सय वर्ष पुरानो ऐतिहासिक हिनाङ पुङ्जे गुम्बामा पूर्णरुपमा क्षति पुगेको छ । उक्त गुम्बा पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थाका लागि प्रधानमन्त्ती दाहालसँग माग गरिएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । लामाले दाहालाई बालुवाटारमा भेटेर आगलागीबाट गुम्बामा पुगेको क्षति जानकारी गराएका हुन् ।

भौगोलिक रुपमा अति विकट भए पनि प्राकृतिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदाले उत्तरी भेग भरिपूर्ण रहेको उनले बताए । ‘बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको गाउँपालिकाभित्र हिमालका काखमा ध्यान र ज्ञान केन्द्रका रुपमा परिचित गुम्बाहरु छन्,’ उनले भने,‘१० गते आगलागीले क्षति पुगेको ऐतिहासिक गुम्बाको पुनर्निर्माणमा आवश्यक बजेट व्यवस्थापनका लागि अनुरोध गरेका हौं ।’

प्रधानमन्त्री दाहालले नेपाल सरकारको तर्फबाट सक्दो सहयोगको प्रतिबद्धता जनाएको लामाले जानकारी दिए ।

प्रकाशित : माघ १५, २०७९ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

चिनियाँ राजदूतद्वारा बसन्तपुरको नौ तले दरबार अवलोकन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि चीनका राजदूत छन् सोङले बसन्तपुरमा रहेको नौ तले दरबारको अवलोकन गरेका छन् । २०७२ सालको भूकम्पले क्षति भएपछि उक्त नौ तले दरबार पुनर्निर्माणको काम चीन सरकारको सहयोगमा भएको हो ।

‘भर्खरै बसन्तपुरको नौ तले दरबारको अवलोकन गर्दै गर्दा नौ तले दरबारको पुनर्निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको देखेर म अचम्मित भएँ,’ राजदूत छनले ट्विटमा लेखेका छन्,‘चिनियाँ सरकारको सहयोग तथा चीन र नेपाल दुवै देशका शील्पकारको प्रयासमा पुनर्निर्माणको आयोजना छिट्टै सम्पन्न हुँदैछ ।’

प्रकाशित : माघ १५, २०७९ १७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×