१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

४ सय बोरा युरिया मल बरामद

नारायण शर्मा

नवलपरासी पूर्व — बिल नभएको युरिया मल प्रहरीले शनिबार बरामद गरेको छ । महेन्द्र राजमार्गको डण्डानजिक जाँचका क्रममा बर्दघाटबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख ५७०८ नम्बरको मालवाहक ट्रकमा ल्याइएको ४ सय बोरा युरिया मल बरामद भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार त्यो मल कसले कहाँबाट ल्याएको भन्ने नखुलेको र सक्कली बिलसमेत नभएका कारण बरामद गरिएको हो । मल र ट्रक पश्चिम नवलपरासीको महेशपुर भन्सार नाकामा पठाइएको छ ।

प्रकाशित : माघ १४, २०७९ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?