कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषधसहित युवक पक्राउ

नारायण शर्मा

नवलपरासी पूर्व — बर्दघाटबाट नारायणगढतर्फ जाँदै गरेका एक युवक लागूऔषधसहित शनिबार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार चारमारानजिक चेकका क्रममा शरीरमा लुकाएर ल्याएको लागूऔषधसहित लमजुङको बेसींसहर नगरपालिका वडा नम्बर–९ का सागर गुरुङ पक्राउ परेका हुन् ।

शनिबार दिउँसो ती युवकबाट फेनारागन, डाइजिपाम, एम्पुललगायतका लागुऔषध ५ सय ७९ थान बरामद भएको हो ।

प्रकाशित : माघ १४, २०७९ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?