१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

गण्डकीमा एमालेबाट गाहा र गुरुङ मन्त्री बन्ने

आजै मन्त्रिपरिषद्लाई पूर्णता दिन तयारीमा मुख्यमन्त्री अधिकारी
प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशमा नेकपा एमालेबाट मन्त्री बन्नेको टुंगो लागेको छ । मंगलबार बसेको एमाले संसदीय दलको बैठकले रोशनबहादुर गाहा थापा र बेदबहादुर गुरुङलाई मन्त्री बनाउने निर्णय गरेको हो । यसअघि मुख्यमन्त्री खगराज अधिकारीले एमालेबाट सीता सुन्दासलाई बिनाविभागीय मन्त्री बनाएका थिए । मुख्यमन्त्रीसहित गण्डकी प्रदेशमा ७ मन्त्री बन्नेछन् ।

गण्डकीमा एमालेबाट गाहा र गुरुङ मन्त्री बन्ने

माओवादी केन्द्रबाट हरिबहादुर चुमान बिनाविभागीय मन्त्री बनेका छन् । माओवादी केन्द्र संसदीय दलको सोमबार बसेको बैठकले रेशमबहादुर जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको थियो । एउटा मन्त्रालय पाउने राप्रपाबाट पञ्चराम गुरुङ बिनाविभागीय मन्त्री छन् ।

सोमबार मन्त्रालयको संख्या घटाएर काठमाडौं पुगेका मुख्यमन्त्री अधिकारी मंगलबार पोखरा फर्किएका छन् । बिना बिभागीय मन्त्री सुन्दासका अनुसार आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । मुख्यमन्त्री अधिकारीले तीन मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।

प्रकाशित : माघ १०, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?