कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बलात्कार आरोपमा एक जना पक्राउ

बागलुङ — आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बागलुङमा एक पुरुष पक्राउ परेका छन् । यहाँको काठेखोला गाउँपालिकाका ३३ वर्षीय बाबुले १५ वर्षीया छोरीलाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

गत असोज ६ गते बलात्कारमा परेकी ती छोरीले बाबु नभएको मौका पारेर माघ ६ गते मात्रै जिल्ला प्रहरीमा उजुरी गरेकी हुन् । उजुरीपछि प्रहरीले ती व्यक्तिलाई बुटवलबाट पक्राउ गरेको हो । आइतबार उनलाई प्रहरीले पक्राउ गरेर बागलुङ ल्याएको छ ।

प्रहरीले जबर्जस्ती करणी तथा हाडनाता करणी मुद्दा दर्ता गरेको पनि जनाएको छ । घटना ५ महिनाअघि भए पनि डरधम्कीका कारण उजुरी गर्न नसकेकी पीडितले बाबु नभएको मौका पारेर उजुरी दिएकी हुन् । पीडितको स्वास्थ्य परीक्षणपछि आमासँगै बसेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए ।

प्रकाशित : माघ १०, २०७९ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?