कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

म्याग्दीमा जिप दुर्घटना : एकको मृत्यु, ७ जना घाइते

घनश्याम खड्का

म्याग्दी — सदरमुकाम बेनीबाट यात्रु लिएर गन्तव्यतर्फ जाँदै गरेको ग १ ज ६९३८ नम्बरको जिप मंगला गाउँपालिका–२ काफलचौरमा दुर्घटना हुँदा एक यात्रुको मुत्यु भएको छ ।

म्याग्दीमा जिप दुर्घटना : एकको मृत्यु, ७ जना घाइते

बेनीबाट १६ किलोमिटर पश्चिम मंगला गाउँपालिका, १ कुहुँतर्फ गइरहेको जीप अन्दाजी ११ : ३० बजे काफलचौरको उकालोमा दुर्घटना हुँदा जीपमा सवार मंगला गाउँपालिका, १ की फौमाायाँ गर्वुजा (६१) को मृत्यु भएको हो । गम्भीर घाइते गर्वुजा उपचारका लागि सदरमुकाम बेनी पुर्‍याउँदा अस्पतालले मृत्यु घोषणा गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन ढकालका अनुसार दुर्घटनामा परी ७ जना घाइते छन् । उनीहरुको को बेनी अस्पतालमै उपचार भइरहेको छ ।

प्रहरीका अनुसार यात्रु ओराल्न उकालोमा गाडी रोकी टायरमा ओट राख्न खोज्दा जीप पछाडी गुडेर सडकमुनि खेतमा खसेको थियो । जिप चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

‘दुर्घटनाग्रस्त जिपका चालक नियन्त्रणमा लिएका छौं । दुर्घटनाको कारण अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ढकालले बताए ।

प्रकाशित : माघ ९, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?