१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नारायणी किनारमा दुई गैंडा मृत फेला

नवीन पौडेल

परासी — पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर २ नारायणी नदी किनारमा दुई वटा गैंडा मृत अवस्थामा फेला परेका छन् । एउटा वयस्क पोथी गैंडा र गैंडाको बच्चा (केटो) मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि निकुञ्ज र सेनालाई खबर गरेका थिए । पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेकाले चोरीसिकारीले मारेको हुन सक्ने अनुमान गरिएको छ । गैंडा मृत्युबारे अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।

प्रकाशित : माघ ६, २०७९ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?