२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

गैंडाकोटमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको गैंडाकोटमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार मंगलबार दिउँसो गैंडाकोटको मटकुरी गाउँमा सडक छेउमा हिँड्दै गरेकी ३ वर्षीया बालिकालाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

गैंडाकोटको सूर्योदय बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा मटकुरी गाउँकी ३ वर्षीया साइरा मगरको मृत्यु भएको हो । दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको जनाएको छ ।

प्रकाशित : पुस २६, २०७९ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?