कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अफ्रिकन स्वाइन फिभरले बंगुर मर्न थाले

घनश्याम खड्का

म्याग्दी — फार्ममा अफ्रिकन स्वाइन फिभर संक्रमण फैलिएपछि म्याग्दीमा बंगुरहरू मर्न थालेका छन् । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अनुसार सदरमुकाम बेनी क्षेत्र तथा ग्रामीण भेगमा पालिएका बंगुरमा अति संक्रामक अफ्रिकन स्वाइन फिभर फैलिएको छ । किसानले शुक्रबारसम्म संक्रमणबाट ३ सयभन्दा बढी बंगुर मरेको जानकारी दिएका छन् । 

अफ्रिकन स्वाइन फिभरले बंगुर मर्न थाले

‘म्याग्दीका बंगुर फार्ममा फैलिएको संक्रामक रोग अफ्रिकन स्वाइन फिभर भएको पुष्टि भएको छ । एउटै फार्ममा ५०–६० वटा बंगुर मरेको रिपोर्ट छ । जिल्लाका अन्य क्षेत्रका फार्ममा संक्रमण फैलिएको छ । पशु चिकित्सकसमेत प्राविधिक अहिले पनि अनुसन्धानमै हुनुहुन्छ,’ भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीका पशु प्राविधिक नानुका कट्टेलले भनिन्, ‘अफ्रिकन स्वाइन फिभरको कुनै उपचार छैन, खोपहरू बनेका छैनन् । बंगुरमा जस्तो लक्षण देखिन्छ, त्यस्तै औषधि गर्ने हो । संक्रमण नियन्त्रण गर्न फर्मको सरसफाइ नै प्रमुख विधि हो ।’

अन्नपूर्ण गाउँपालिका–२ मा रहेको एक बंगुर फार्ममा पालिएका बंगुर मर्न थालेपछि कृषकको आग्रहमा ती बंगुरको कीटबाट परीक्षण र नमुनालाई पोखरास्थित ल्याबमा पुर्‍याई परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो । अन्नपूर्णमा पहिलो पटक रिपोर्ट भए पनि सदरमुकाम बेनी वरपरका फर्महरूमा पनि परीक्षण गर्दा संक्रमण फैलिएको र बंगुरहरू धमाधम मरिरहेको भेटिएको हो ।

केन्द्रका अनुसार अन्नपूर्ण गापामा ६० वटा, बेनी नगरपालिका, ७ मंगलाघाट क्षेत्रमा २ सय ४० बढी बंगुर मरेका रिपोर्ट छ । अफ्रिकन स्वाइन फिभर संक्रमणअघि नै ६–६ महिनामा बंगुरलाई लगाउने खोप नै संक्रमण न्यूनीकरणको उपाय भएको केन्द्र प्रमुख जीवन आचार्यले बताए ।

प्रकाशित : पुस १८, २०७९ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?