कान्तिपुरकर्मी उप्रेती पुरस्कृत
पोखरा — गोरखास्थित कान्तिपुर संवाददाता हरिराम उप्रेती तुलसी स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट शुक्रबार पुरस्कृत भएका छन् । दुर्गम गाउँबस्ती पुगेर गरेको पत्रकारिताको उच्च मूल्यांकन गर्दै उप्रेतीलाई उक्त पुरस्कार दिइएको हो ।
पत्रकार महासंघ केन्द्रीय सचिव सिर्जना अर्याल, गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मालगायतले उप्रेतीलाई सम्मानपत्र, दोसल्ला र नगद पुरस्कार प्रदान गरेका थिए ।
पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । सदरमुकाम गोरखा बजारका समाजसेवी तुलसी अर्यालको स्मृतिमा उनका छोराहरुले २०६९ मा स्थापना गरेको पुरस्कार कोष पत्रकार महासंघ गोरखाले संचालन गर्दै आएको छ ।
प्रकाशित : मंसिर १६, २०७९ १९:०६प्रतिक्रिया