१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

राइकोट जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो, १० जना घाइते [अपडेट]

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको जिप राइकोट नजिक भीरबाट खस्दा मृत्यु हुनेको संख्या ४ पुगेको छ । १० जना घाइते भएका छन् । 

राइकोट जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो, १० जना घाइते [अपडेट]

जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार मृत्युहुनेमा होमबहादुर राना, यामबहादुर ठाडा, मनसभा बराल र केशरी दराईको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु सबै स्थानीय बौदीकाली र बुलिंटार गाउँपालिकाका बासिन्दा थिए ।

दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ कान्छीपानीमा ग ०४००१ च ०००६ नम्बरको जिप भीरबाट करिब डेढ सय मिटर तल खसेको हो ।

प्रकाशित : मंसिर १५, २०७९ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?