पूर्वी नवलपरासीमा भीरबाट जिप खस्दा ३ को मृत्यु, ७ घाइते

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । महेन्द्र राजमार्गमा पर्ने दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको ग ०४००१ च ०००६ नम्बरको जिप बिहीबार साँझ दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका-५ कान्छीपानीमा भीरबाट खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिप करिब डेढसय मिटर तल खसेको वडाध्यक्ष पदमबहादुर रानाले बताए । उनका अनुसार दुर्घटनामा २ महिला र १ पुरुषको मृत्यु भएको छ । उनीहरु सनाखत भइसकेको छैन ।
घाइतेहरुको प्रहरीले उद्धार गरेर अस्पताल पठाएको उनले बताए । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । घटनास्थलमा बुलिंटार, डेढगाउँ, रुद्रपुर र जिल्ला प्रहरी कार्यालयको उद्धार टोली पुगेको छ ।
हुप्सेकोटकी गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले दुर्घटनास्थलमा ३ जनाको मृत्यु भएको आफूले जानकारी पाएको सुनाइन् ।
प्रकाशित : मंसिर १५, २०७९ २०:३३