कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झिनो मतान्तरका हारजित

सबैभन्दा कम ६ मतान्तरमा एमालेका सुधीर पौडेल स्याङ्जा १ (२) बाट प्रदेशसभामा निर्वाचित 
प्रतीक्षा काफ्ले

कास्की — झिनो मतान्तरका कारण स्याङ्जा १ (२) को चुनावी नतिजा अन्यत्रभन्दा बढी चासोको विषय रह्यो । ६ मत बढी पाएर एमालेका सुधीर पौडेल प्रदेशसभा सदस्यमा निर्वाचित भए भने कांग्रेसका बुद्धिबहादुर रानाले पराजय व्यहोर्नुपर्‍यो । 

झिनो मतान्तरका हारजित

यहाँ पौडेलले १७ हजार ४ सय ४१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रानाले १७ हजार ४ सय ३५ मत ल्याएका थिए । यो प्रदेशमै सबैभन्दा कम मतान्तरको हारजित हो । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।

चुनावी नतिजा सार्वजनिक भएअनुसार प्रतिस्पर्धीको हारजित थोरै मतान्तरमा भएको छ । गण्डकी प्रदेशमा प्रतिनिधिसभाका १८ निर्वाचन क्षेत्रमध्ये १७ वटामा चुनावी परिणाम आइसकेको छ । प्रदेशसभातर्फ ३६ मध्ये निर्वाचन क्षेत्रमध्ये ३४ वटाको मत परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा २ को मतगणना भने १० दिनपछि सुरु हुने भएको छ । राजनीतिक दलका विवादका कारण मतगणना रोकिएको थियो । बुधबार मात्रै निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएको हो ।

चुनावी नतिजा आएकामध्ये प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ ५ क्षेत्रमा रोचक हारजित भएको छ । यी क्षेत्रमा झिनो अर्थात् ५ सयभन्दा कम मतान्तरले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनिएका छन् । कांग्रेस १ र एमाले ५ ठाउँमा ५ सयभन्दा कम मतले हारजित भएका छन् । झिनो मतान्तरले जित्नेमा माओवादीका पनि छन् ।

म्याग्दी प्रदेशसभा २ का माओवादी उम्मेदवार रेशम जुग्जालीले एमाले उम्मेदवार यामबहादुर गर्बुजालाई १ सय १ मतान्तरले पराजित गरे । रेशमले ९ हजार ४ सय ५४ मत ल्याउँदा एमालेका गर्बुजाले ९ हजार ३ सय ५३ मत ल्याए । प्रदेशसभातर्फ मुस्ताङ २ बाट कांग्रेसका विकल शेरचनले एमालेका चन्द्रमोहन गौचनलाई १ सय ५८ मतले जितेका थिए । शेरचनले २ हजार ७ सय २३ मत प्राप्त गर्दा एमालेका गौचनले २ हजार ५ सय ६५ मत पाए ।

यी दुई स्थानमा झिनो मतले विजयी हुनेमा कांग्रेसका उम्मेदवार छन् । हार्नेहरू एमाले उम्मेदवार हुन् । गुरुङले एमालेका उम्मेदवार इन्द्रधारा डादु विष्टलाई २५० मतले हराउँदै मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेशसभा सदस्य चुनिए । नम्डुले १ हजार ४८ मत पाउँदा एमालेका इन्द्रधाराले ७ सय ९३ मत ल्याएका थिए ।

मनाङ (१) मा पनि कांग्रेस उम्मेदवारले एमाले उम्मेदवारलाई थोरै मतान्तरले हराए । कांग्रेसका मुनीन्द्रजंग गुरुङ र एमालेका राजनबहादुर गुरुङको मतान्तर ३ सय ३० छ । ५ सयको झिनो मतान्तरले हार जित हुनेमा प्रतिनिधिसभातर्फ मनाङ छ । मनाङमा कांग्रेसका टेकबहादुर गुरुङले थोरै मतान्तरले जित हात पारे ।

प्रकाशित : मंसिर १५, २०७९ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?