१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गोरखामा ३४ उम्मेदवारको जमानत जफत

गोरखा — निर्वाचनमा उम्मेदवारी दिएकामध्ये ३४ जनाको जमानत जफत भएको छ । जिल्लामा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ क्षेत्रमा गरी ४९ जनाले उम्मेदवारी दिएका थिए । जिल्ला निर्वाचन कार्यालय सूचना अधिकारी रविलाल सुवेदीका अनुसार सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत भएको हो ।

गोरखामा ३४ उम्मेदवारको जमानत जफत

प्रतिनिधिसभातर्फ दुवै क्षेत्रमा विजयी भएका सत्ता गठबन्धनका उम्मेदवार, एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको मात्रै धरौटी सुरक्षित छ । क्षेत्र–१ मा कुल सदर मत ५७ हजार २ सय ३१ थियो । जसमध्ये १० प्रतिशत मत नपाउने ८ जनाको धरौटी जफत भएको छ ।

यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईं विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्विमा एमालेका रामशरण बस्नेत थिए । उनीहरू दुवैको जमानत रकम सुरक्षित हुँदा रास्वपाका उम्मेदवार सुवर्ण रोकायालगायतको भने जफत भएको हो ।

क्षेत्र–२ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विजयी भएका थिए । रास्वपाका कविन्द्र बुर्लाकोटी र एमालेका अब्दुससलाम मियाँ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । यी ३ बाहेक अन्य ९ जनाको धरौटी जफत भएको छ । यहाँको सदर मत ५० हजार ९१८ थियो ।

प्रदेशसभा सदस्यतर्फ क्षेत्र–१ (१) मा ५ उम्मेदवारको धरौटी जफत भएको छ । यो क्षेत्रमा २९ हजार ४ सय ४४ मत सदर भएको थियो । त्यस्तै, क्षेत्र–१ (२) मा सदर भएको २८ हजार ४ सय ८७ मतमध्ये ४ जनाले १० प्रतिशत मत कटाउन सकेनन् ।

क्षेत्र–२ (१) मा उम्मेदवारी दिएका ५ जना र क्षेत्र–२ (२) मा ४ जनाले धरौटी जोगाउन सकेनन् । प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन १० हजार र प्रदेशसभा सदस्यमा उम्मेदवारी दिन ५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान छ ।

प्रकाशित : मंसिर १४, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?