२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

लमजुङमा सुन लुट्ने भारतीय नागरिक पक्राउ

आश गुरुङ

लमजुङ — सुन सफा गरिदिन्छु भन्दै ठगी गर्ने भारतीय नागरिकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । सुनको गहनालाई सफा गरिदिने भनी रासायनिक पदार्थ प्रयोग गरेर ठगेको आरोपमा भारतको बेगुसराई जिल्ला, नावकोठी १०, बिहारका २४ वर्षीय विवेक कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लमजुङमा सुन लुट्ने भारतीय नागरिक पक्राउ

मर्स्याङ्दी गाउँपालिका ३ खुदीमा तीन जना महिलाले लगाएको सुनको सिक्री तथा ब्रासलेट खोल्न लगाएर विभिन्न रासायनिक पदार्थको प्रयोगबाट सुन सफा गर्ने नाममा ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

पक्राउ गरेर ल्याइएका ती युवकलाई बिहीबारदेखि लागू हुने गरी शुक्रबार जिल्ला अदालत लमजुङबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । ती युवकका साथबाट प्लाष्टिकका बोत्तलहरूमा राखिएका विभिन्न रसायनहरू पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले विभिन्न बाहना बनाएर सुन तथा अन्य गरगहना सफा गरी टल्काइदिन्छु भनी ठगी गर्न जोकोही पनि आउनसक्ने भन्दै त्यस्ता व्यक्तिसँग सचेत रहन अनुरोध गरेको छ ।

प्रकाशित : मंसिर १०, २०७९ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?