२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पूर्वी नवलपरासी १ (१) मा कांग्रेसका महेन्द्रध्वज जिसी विजयी

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) को प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रध्वज जिसी विजयी भएका छन् । जिसीले एमालेका उम्मेदवार रवीन्द्र अधिकारीलाई फराकिलो मतान्तरले हराएका हुन् । 

पूर्वी नवलपरासी १ (१) मा कांग्रेसका महेन्द्रध्वज जिसी विजयी

निर्वाचन कार्यालयका अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जिसीले २ हजार २ सय ३० मतान्तरले अधिकारीलाई पराजित गरे । जिसीले १५ हजार १ सय ३७ मत प्राप्त गरेका गरे । उनका प्रतिस्पर्धी एमालेका रवीन्द्र अधिकारीले १३ हजार ९ सय ८७ मत पाएका हुन् ।

६६ वर्षीय जिसी यो समेत १३ वटा सरकारी निर्वाचनमा उम्मेदवार भइसकेका व्यक्ति हुन् । २०३८ सालबाट कांग्रेस राजनीतिमाआएका जिसी तत्कालीन रजहर गाउँ पंचायतको प्रधानपन्च, २ पटक जिल्ला पंचायतको सभापति र दुई पटक प्रतिनिधिसभामा निर्वाचित भइसकेका ब्यक्ति हुन् ।

पूर्वीनवलपरासीको अन्य २ वटा प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भइसकेका छन् । अर्का एमालेकै उम्मेदवार रोशनबहादुर गाहामगर विजय नजिक छन । उनले प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेललाई करिब २ हजार मतान्तरले पछि पारेका छन् । त्यहा गणना हुन ९ सय मतमात्र बाँकी छ ।

प्रकाशित : मंसिर ७, २०७९ २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?