बेपत्ता पर्यटक गाइड ५ दिनपछि मृत भेटिए

गोरखा — असोज २० गतेदेखि लार्केपासमा हराइरहेका पर्यटन गाइड ३८ वर्षीय पुस्तर(पुछेत्तर) शेर्पा पाँच दिनपछि मंगलबार मृत भेटिएका छन् । चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित धर्मशालानजिकै शेर्पाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

हिमालयन ट्रेक नामक एजेन्सीबाट गएका चारमध्ये दुई फ्रान्सेली नागरिक लार्के पास गरी मनाङतर्फ गएका थिए भने सोलखुम्बु घर भएका लामा सम्पर्कविहीन बनेका थिए ।
उनीसँगै गएका अर्का पोर्टर भने सामागाउँबाट फर्किएका छन् । लगातारको हिमपातले शेर्पा फसेको हुनसक्ने अनुमान गरिएको छ । शेर्पाको शव मंगलबार नै काठमाडौं पठाइएको छ ।
प्रकाशित : आश्विन २५, २०७९ १७:००