२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०
आमनिर्वाचन २०७९

तनहुँमा ६ पदका लागि ६२ जनाको उम्मेदवारी

२ प्रतिनिधिसभा सदस्यका लागि २६ जना र ४ प्रदेशसभा सदस्यका लागि ३६ जनाको उम्मेदवारी
सम्झना रसाइली

तनहुँ — आसन्न निर्वाचनमा तनहुँमा ६ पदका लागि ६२ जनाको उम्मेदवारी परेको छ । आइतबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर २ प्रतिनिधिसभा सदस्यका लागि २६ जना र ४ प्रदेशसभा सदस्यका लागि ३६ जनाले मनोनयनपत्र दर्ता गरेका छन् ।

तनहुँमा ६ पदका लागि ६२ जनाको उम्मेदवारी

तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि १६ र तनहुँ–२ बाट १० जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टीबाट रामकृष्ण त्वायना, स्वतन्त्रबाट गोविन्दराज जोशी, स्वतन्त्रबाट पृथ्वी नारायण श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट पासाङ थापा मगर, स्वतन्त्रबाट रामचन्द्र कार्की, राष्ट्रिय जनमुक्ति पार्टीबाट हस्तबहादुर किचिम थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कृष्णप्रसाद पौडेलले मनोनयनपत्र दर्ता गराएका छन् ।

यसैगरी, स्वतन्त्रबाट विश्वनाथ बास्तोला, नेकपा एमालेबाट एकबहादुर राना मगर, नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनोदकुमार घर्ती, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, हाम्रो नेपाली पार्टीबाट प्रविन पौडेल, नेश्नलिष्ट पिपल्स पार्टीबाट ताज महमत मिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास सिग्देल र स्वतन्त्रबाट बेलबहादुर दरैले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, तनहुँ–२ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट शंकर भण्डारी, नेकपा एमालेबाट किरण गुरुङ, जनसमाजवादी पार्टीबाट खड्कबहादुर विक, राप्रपाबाट नरेन्द्रप्रताप महत, नेपाली कांग्रेस (बीपी)बाट पुष्पराज पराजुली, मंगोल नेस्नलबाट प्रविना थापा मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय जोशी, नेपाल मजदुर किसान संगठनबाट रामहरि गोरा, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर सार्की, हाम्रो नेपाली पार्टीबाट विष्णु पराजुलीले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् ।

त्यस्तै, तनहुँ–१(क) मा १२ जनाले उम्मेदवार मनोनयनपत्र दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार स्वतन्त्र हरिराज जोशी, स्वतन्त्र नगेन्द्र पौडेल, जनता समाजवादी पार्टी नेपालबाट अर्जुन गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट विजय कुमार शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विवेक न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी नेकपा एमालेबाट रामबहादुर गुरुङ, नेपाली कांग्रेसबाट अशोककुमार श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीबाट भुवनसिंह थापा, स्वतन्त्र रामबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, नेकपा (एकीकृत समाजवादी)बाट विद्यानाथ ढकाल र मैलिक जरोकिलो पार्टीबाट विजयकुमार श्रेष्ठ भन्ने बाबुराम आलेले उम्मेदवारी दर्ता गराएका छन् ।

तनहुँ–१ (ख) मा ७ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टी नेपालबाट किसान भुजेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट खेमबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजु गोतामे, नेकपा (माओवादी केन्द्र) (एकल चुनाव चिन्ह)बाट हरि बहादुर चुमान, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पूर्णबहादुर गुरुङ, नेकपा (एकीकृत समाजवादी)बाट कलिला खातुन र मंगोल नेशनल अर्गनाइजेसनबाट रनबहादुर खवासले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै, तनहुँ–२ (क) मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका राजेन्द्र केशरी न्यौपाने नेकपा एमालेबाट श्यामराजा महत, मौलीक जिरो किलो पार्टीबाट टोलराज वाग्ले, एकीकृत समाजवादीबाट दुर्गाकुमार श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीबाट नेत्रबहादुर थापा, स्वतन्त्र रुपमा प्रेमकुमार परियार, जनता समाजवादी पार्टीबाट रामबहादुर विक, राप्रपाबाट रेशमराज अधिकारी, नेपाली कांग्रेस (बीपी)बाट शेषरमण न्यौपाने, मंगोल नेस्नलबाट सुमन थापा मगुरले उम्मेदवारी दिएका छन् ।

यस्तै, तनहुँ–२(ख)मा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट केदार सिग्देल, गठबन्धनबाट कांग्रेसका जितप्रकाश आले, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनबाट नमबहादुर राना, जसपाबाट पूर्णबहादुर गुरुङ, एकीकृत समाजवादीबाट प्रतापलाल श्रेष्ठ, राप्रपाबाट श्यामकला राईले उम्मेदवारी दिएका छन् ।

प्रकाशित : आश्विन २४, २०७९ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?