३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तनहुँको म्याग्देमा पहिरो जाँदा सडक अवरुद्ध

सम्झना रसाइली

तनहुँ — गत बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा गएको पहिरोका कारण सडक पुन: अवरुद्ध भएको छ । शुक्रबार बिहान करिब ३ बजे सोही स्थानमा पहिरो गएको थियो । 

तनहुँको म्याग्देमा पहिरो जाँदा सडक अवरुद्ध

उक्त पहिरो साढे ७ बजे हटाएर यातायात सुचारु गरिएकोमा करिब ११ बजे सोही स्थानमा पुन: पहिरो गएर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो हटाउन एक डेढ घण्टा लाग्ने बताइएको छ ।

यस्तै, व्यास नगरपालिका-४ मादी पुल नजिकैको सडक भासिएको छ । सडक भासिदा यातायात एकतर्फी सञ्चालन गरिएको छ । यसअघि व्यास-१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । उक्त स्थानको पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालन भइसकेको छ ।

वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा टिका थाप्न आफान्तकहाँ आउजाउ गर्ने सयौं यात्रुले सास्ती झेल्नुपरेको छ ।

प्रकाशित : आश्विन २१, २०७९ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?