१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मासु अड्किएर लमजुङमा ४९ वर्षीय पुरुषको मृत्यु

आश गुरुङ

लमजुङ — राँगोको मासु खाँदा घाँटीमा अड्किएर लमजुङमा एक पुरुषको मृत्यु भएको छ । मासुसहितको ह्याकुला निल्ने क्रममा घाँटीमा अड्किएर मर्स्याङ्दी गाउँपालिका ९ सिम्पानी तबैका ४९ वर्षीय शम्शेरबहादुर परियारको मृत्यु भएको डीएसपी प्रकाश श्रीमलले बताए ।

मासु अड्किएर लमजुङमा ४९ वर्षीय पुरुषको मृत्यु

सोमबार अष्टमीको दिउँसो राँगो काटेको र घरमा चौटा खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई खुदीस्थित स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याएको थियो ।

चिसित्सकले उपचार गर्नका लागि जाँच गराउने क्रममा उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु विकले बताए । प्रहरीका अनुसार मृतकको पोस्टमार्टमपछि मंगलबार परिवारलाई बुझाइएको छ ।

सोमबार साँझ चितवन कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको पनि घाँटीमा मासु अड्किएर मृत्यु भएको थियो ।


प्रकाशित : आश्विन १८, २०७९ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?