कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

म्याग्दीको भगवती मन्दिरमा राँगो मार हान्न तीन लाख १५ हजार रुपैयाँ बोलकबोल

घनश्याम खड्का

म्याग्दी — नवदुर्गा भगवती मन्दिर शक्तिपीठमा पशुबलि दिने हिन्दु धार्मिक परम्पराअनुसार म्याग्दीको रघुगंगा गाउँपालिका २ स्थित भगवती कोट मन्दिरमा बलि चढाइने सरकारी राँगो मार हान्न (काट्न) ३ लाख १५ हजार रुपैयाँ बोलकबोल भएको छ । 

म्याग्दीको भगवती मन्दिरमा राँगो मार हान्न तीन लाख १५ हजार रुपैयाँ बोलकबोल

रघुगंगा गाउँपालिका- २ भर्लाको डाँडामा अवस्थित राखु भगवती कोट मन्दिरमा नवदुर्गालाई बलि चढाइने राँगो मार हान्न रघुगंगा गाउँपालिका २ बखनेका सचीन केसीले तीन लाख १५ हजार बोलकबोल गरेका हुन् ।

केसीले बोलकबोल गरेको रकम पूजा सञ्चालन समितिलाई उपलब्ध गराइसरेका छन् । १२ जना प्रतिस्पर्धी सहभागी बोलकबोलमा केसीलाई सोही वडाका चन्द्रबहादुर केसीले ३ लाख १३ हजार ५ सय र पखटोलका झलक खत्रीले ३ लाख १३ हजार बोलकबोल गरी पछ्याएका थिए ।

सरकारी राँगोबाहेक छुट्टै मैदानमा बलि दिइने अर्को राँगो स्थानीय प्रदीप परियारले ३३ हजार बोलकबोल गरी मार हान्ने भएका छन् । परियारलाई स्थानीय गमन भण्डारीले ३२ हजार ५ सय रुपैयाँ बोलेर पछ्याएका थिए ।

‘यो यस क्षेत्रकै ऐतिहासिक कोट मन्दिर हो । यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास भएकाले दुर्गा भगवतीलाई बलि चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुन्छ,’ पूजा व्यवस्थापन समितिका सचिव कृष्ण शाहीले भने, ‘बाइसे/चौबिसे राज्यकालदेखि नै यहाँको कोट मन्दिरमा बढिबढाउ गरी राँगो मार हान्ने (काट्ने) चलन छ ।’

कोटमन्दिरमा कालरात्रिको दिन नीमको पाठो बलि चढाउनुपूर्व खुल्ला रुपमा ‘सरकारी राँगो मार हान्न’ बढिबढाउ गरिन्छ । राखुभगवती कोट मन्दिरमा निर्धारित १ घण्टाको समयावधिमा बढीबढाउ क्रम चल्छ । मार हान्न इच्छुकले समितिमा नाम लेखाउनुपर्छ । सोहीअनुसार सूचीकृत भएका व्यक्तिहरूले पालैपालो रकम बोलकबोल गर्ने र जसले धेरै रकम बोल्छ उसैलाई राँगो काट्न दिने गरिन्छ ।

प्रकाशित : आश्विन १८, २०७९ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?