कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पूर्वी नवलपरासीमा दुई वटा बन्दुक बरामद

नारायण शर्मा

पूर्वी नवलपरासी — प्रहरीले जिल्लाको अरुणखोला क्षेत्रबाट दुई वटा भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरीका अनुसार आइतबार राति गस्तीमा निस्केको प्रहरीले मध्यबिन्दु नगरपालिका वडा नम्बर १३ मैनाघाटको जंगलमा लुकाइराखिएको भरुवा बन्दुक बरामद गरेको हो ।

यहाँका जंगलमा चरा र बँदेल सिकार गर्न गाउँलेहरुले भरुवा बन्दुक लैजाने चलन छ । प्रहरीले दिएको जानकारीअनुसार बन्दुकसँगै ५० ग्राम त्यसमा लाग्ने बारुद पनि बरामद भएको छ । यहाँका घरघरमा भरुवा बन्दुक राख्ने चलन छ ।

मगर र थारु समुदायका घरघरमा जंगली जनावरको सिकार गर्न भरुवा बन्दुक राख्ने चलन छ ।

प्रकाशित : आश्विन १६, २०७९ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?